पालुङटार ,
वर्ष ३४ की कल्पना न्याैपाने विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी थिइन । विगत एक बर्ष अगाडि देखि एउटै कोठामा बस्ने गरेकी न्याैपानेमा मानसिक रुपमा समस्या देखिएपछि विभिन्न सँघ सँस्थाकाे सहयाेगमा पालुङटार नगरपालिकाले उद्धार गरी ललितपुर स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन सफल भएकाे छ ।
शनिबार देखि कल्पना रहेकाे ठाउँमा पुगेर नगर उप प्रमुख पम्फा बसेल, कोसिस नेपाल का विपिन घिमिरे र दुर्गा गिरी को पहलमा काठमाडौं पाटन हस्पिटलमा उपचारमा पठाइएकाे हाे ।
नगरपालिका स्थित वडा नम्बर ९ विर्दिमा बस्दै आएकी न्याैपानेकाे उद्धारमा वडा कार्यलय, विभिन्न व्यक्तिहरु, जनप्रतिनिधीहरुले सहयाेग पुर्याएका थिए । उद्धारमा सहयाेग गर्ने सबैमा पालुङटार नगर उप प्रमुख बसेलले धन्यवाद व्यक्त गरेकी छन् ।