Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
रामेछापमा घरमै आगलागी हुँदा एक जनाको जलेर मृत्यु

रामेछापमा घरमै आगलागी हुँदा एक जनाको जलेर मृत्यु

रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर २ ठोसे स्थित चौरपातलका किपाले शेर्पाको घरमा गएराती आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको आगोमा जलेर ज्यान गएको हो । ढुङ्गामाटोले बनेको शेर्पाको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट भएको हो ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारका अनुसार दुई ओटा घरमा आगलागी हुँदा मानविय क्षतिसँगै लाखौँको धनमाल जलेर नष्ट भएको छ । मृतकका परिवारलाई गाउँपालिकाले ५० हजार नगद सहित खाद्यन्न र लत्ताकपडा सहयोग गर्ने अध्यक्ष सुनुवारले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.