युनाइटेडलाई साउथह्याम्पटनको धक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडलाई साउथह्याम्पटनले बराबरी खेल्दै अंक खोस्न सफल भएको छ।

सोमबार राति भएको खेलमा युनाइटेड अन्तिम समयमा समालिन नसक्दा साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्नु पुगेको हो।

उपाधि लिभरपुलले सात खेलअघि नै जितिसके पनि प्रिमियर लिगमा अबको प्रतिस्पर्धा युरोपियन च्याम्पियन्स लिगमा पर्नु हो। साउथह्याम्पटनलाई पराजित गरेको भए युनाइटेड चौथो तेस्रो स्थानमा उक्निे थियो।

खेलको १२ औं मिनेटमा स्टुआर्ट आर्मस्ट्रङले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर खेलको २०औं मिनेटमा मार्कुस राष्फोर्ड र २३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए।

थप गएिको इन्जुरी समयमा माइकल ओबाफेमीले गोल गरेपछि साउथह्याम्पटनले म्यान्चेस्टर युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

पाँचौ स्थानमा रहेको युनाइटेडको यो बराबरीसँगै ३५ खेलबाट ५९ अंक छ। साउथह्याम्पटनको समान खेलबाट ४५ अंक छ।

च्याम्पियन लिभरपुलको भने ३५ खेलबाट ९३ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ७२, तेस्रो स्थानमा रहेको चेल्सीको ६० र चौथो स्थानमा रहेको लेस्टर सिटीको ३५ खेलबाट ५९ अंक छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.