जीवन ज्योति क्वारेन्टिनलाई १ कार्टुन साबुन हस्तान्तरण

५ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित जीवन ज्योति मा.वि. क्वारेन्टिनका लागि १ कार्टुन साबुन हस्तान्तरण गरिएको छ ।
कोभिड १९ का कारण बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिँदै गएपछि नेपालमा लकडाउनका कारण समस्या भएसँगै भारत लगायत नेपालका बिभिन्न स्थानहरुबाट आएका मानिसहरुलाई क्वारेन्टिनमा राख्नको लागि जीवन ज्योति मा.वि.मा पनि क्वारेन्टिन स्थापना गरिएको छ ।
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सरसफाइमा बिशेष ध्यान दिनुपर्ने भएकाले उनीहरुका लागि आफूहरुले साबुन उपलब्ध गराएको मयुर हर्बल प्रा.लि.का सञ्चालक शिव कुमार श्रेष्ठले बताउनुयो ।
मयुर हर्बलको उत्पादन निम साबुन च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रबिन्द्र कंडेल मार्फत क्वारेन्टिन व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
सो क्वारेन्टिनमा हाल २६ जना व्यक्तिहरु रहेका थिए भने पि.सि.आर.परीक्षणमा नेगेटिभ देखिएका १५ जना घर फर्किसकेका छन् ।
मयुर हर्बलले बिगत लामो समयदेखि निम, अमला, ओखती जस्ता उपयोगी साबुनहरु उत्पादन गर्दै आएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.