गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित प्याउदी खोलामा चिप्लिएर एक महिलाको मृत्यु भएको छ।
सोही स्थान (कालमाटा) निवासी जौमाया नेपाली गत सोमबार बेलुकी बिरुवाटारबाट घर फर्कने क्रममा चिप्लिएर ज्यान गएको तर भोलिपल्ट बिहान अर्थात् मङ्गलबार बिहान ७ बजेतिर मात्रै उक्त घटनाको बारेमा थाहा पाइएको थियो।
उक्त खोलामा मानिसहरू आवतजावत गर्नको लागि पुलको अति आवश्यक भएको भए तापनि विभिन्न खिचातानीका कारण उक्त स्थानमा उक्त स्थानमा यस्तो दुर्दशा भएको हो। धेरै मानिसहरू तथा विद्यार्थी हरू सोही स्थानबाट खोला वारपार गर्दै आउने जाने गर्दछन्।
स्थानीय हरू तथा विद्यार्थी हरू आवतजावत गरिराख्नुपर्ने यस्तो संवेदनशील ठाउँमा थप जोखिमबाट बच्न र बचाउनका लागि सम्बन्धित सबैको ध्यान पुग्न जरुरी देखिन्छ।