गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

१९ जेठ, गुल्मी । गुल्मीका किसानलाई अनुदानमा स्थानीय जातको धानको बिउ वितरण गरिएको छ । स्थानीय जातको धान बाली संरक्षण गर्ने उद्देश्यले कृषि ज्ञानकेन्द्रले किसानलाई ९० प्रतिशत अनुदानमा हंसराज जातको धानको बिउ वितरण गरेको छ । स्थानीय जातका विभिन्न बलीहरु मासेर उन्नत हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा ज्ञानकेन्द्रले किसानलाई स्थानीय जातको धानको बिउ वितरण गरेको हो । यो जातको बिउबाट धान कम उत्पादन हुने भएपनि खाना मिठो हुने कृषि ज्ञानकेन्द्र गुल्मी प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

बिउ वितरणसँगै धानबालीमा लाग्न सक्ने रोग/किरा नियन्त्रण गर्न विषादी पनि वितरण गरिएको ज्ञानकेन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समयदेखि नै यसको उपचार गरेर रोग लाग्न नदिने भण्डारीले बताए । उन्नत जातको बिउले गर्दा स्थानीय जातको बिउ हराउँदै जान थालेपछि यसको संरक्षण गर्नुपर्छ भनेर लागि परेको भण्डारीले बताए । अहिले २ सय जना कृषकले स्थानीय हंसराज जातको धानको बिउ लागेका छन् ।

यी किसनहरुले अनुदान मार्फत लगेको धानको बिउ जति लग्यो त्यतिनै अर्को साल उत्पादन गरेर फिर्ता गर्नुपर्ने नियम रहेको छ । यो धानबालीलाई संरक्षण र नेपाल सरकारबाट सूचीकृत गर्न जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ६ मा रहेको घिम्रिे कृषि तथा पशुपन्छीफर्मले अगुवाई गरेको छ । अहिले स्थानीय जातको धानबालीलाई उत्पादन गरेर बिउ कोरुपमा वितरण गर्ने कार्य गरिरहेको सञ्चालक तथा कृषक कृष्ण घिमिरेले बताए । उनले अब यसको सबै अवस्था रहित नेपाल सरकारबाट सूचीकृत गरेर राष्ट्रिय स्तरमै बिउलाई प्रयोगको रुपमा अगाडि बढाउने सोच रहेको बताए ।

यसको रोग किरा लाग्ने, अग्लो भएर ढल्ने जस्ता नकरात्मक कार्यहरुलाई विज्ञहरुको अनुसन्धान मार्फत हटाएर सूचीकृतको प्रक्रिया अगाडि बढने भण्डारीले बताए । तर, त्यसका लागि केही वर्ष लाग्नेछ । जिल्लामा हाल ८ हजार रोपनी क्षेत्रफलमा हंसराज धान हुने गरेको छ । यो धान जिल्ला भर हुने गरेता पनि छल्दी फाटमा धेरैले रोप्ने गरेका छन् । उत्पादित धान भात खाँदा, रोटी पकाउदा बास्नादार रहेको कृषकहरुको भनाइ छ । बजारमा यसको माग पनि धेरै नै रहेको कृषक ।

हाल यसको चामल ७ सय रुपैयाको एक पाथी बिक्री हुने गरेको कृषक कृष्णबहादुर थापाले बताए । धान उत्पादन गर्न कृषि ज्ञान केन्द्रले उन्नत बिउ, मूल बिउ कृषकलाई बितरण गर्ने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले बताए । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ ।

हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हँसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आंशिक सिंचाइको व्यवस्था रहेको छ । जस मध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा वर्खे धानि वालि रोपिदै आएको छ ।

कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिंदै आएको छ । जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.