विश्वकप छनोटमा पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने ः सहायक प्रशिक्षक बसन्त

१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले जिम्बाव्वेमा हुने आईसीसी विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्समा पुग्ने रहेको बताएका छन् । जिम्बाव्बेमा जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगिसकेको छ र बिहीबार प्रशिक्षण पनि गरेको छ ।

‘विश्वकप छनोट फरक प्रतियोगिता हो र यो ठूलो प्रतियोगिता पनि हो । विगमा हामीले जुन सफलता पाएका छौं । पछिल्लो समय राम्रो क्रिकेट खेलिराछौँ र त्यसलाई निरन्तरा दिनुपर्छ,’ नेपाल क्रिकेट संघले बिदाइ गरेपछि शाहीले भनेका थिए, ‘जुन किसिमले नेपाली क्रिकेटप्रेमीहरुले नेपाललाई समर्थन गर्नुभएको छ त्यसमा हामी खरो उत्रने प्रयास गर्नेछौं। विश्वकप छनोटमा हाम्रो पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने हुनेछ ।’

विश्वकप छनोटमा नेपाल रहेको समूह ए मा टेष्ट राष्ट्रद्वय घरेलु टोली जिम्बाव्वे र पूर्व च्याम्पियन वेष्ट इन्डिज जस्ता टिम छन् । यस्तै नेदरल्याण्ड्स र अमेरिका पनि छ । नेपालले जिम्बाव्वेसँग २०१८ को छनोटमा पनि खेलेको थियो भने वेष्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई भिषा समस्याका कारण दक्षिण अफ्रिका जान नसकेपछि सहायक प्रशिक्षक ठकुरीले नेपालमा टोलीलाई त्यहाँ प्रशिक्षण दिइरहेका छन् । देशाईको भिसा प्रोसेस भइरहेको र उनी छिट्टै दक्षिण अफ्रिका पुग्ने नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
फरक माहोल र फरक प्रतियोगिता

प्रशिक्षक बसन्त शाही ठकुरीले विश्वकप छनोट प्रतियोगिता खेल्दा फरक माहोल हुने पनि बताएका छन् । ‘हाम्रो लागि यो फरक माहोल र फरक प्रतियोगिता हुन्छ । हामीले यसअघि धेरै जसो खेल घरेलु मैदानमा खेलेको, घरेलु दर्शकको समर्थनले उच प्रदर्शन भएको थियो । अब फरक कन्डिसनमा गएर खेल्नुपर्ने अवस्था छ’ शाहीले भने, ‘त्यहाँ ठूला ठूला टिम पनि हुनेछन् । यो एउटा हाम्रो लागि ठूला मन्च हो प्रदर्शन गर्न । सबै टिम हौसिएको छ । त्यहाँ गएर राम्रो प्रदर्शन गर्नेछौँ ।’

त्यसका लागि दक्षिण अफ्रिकाको तयारीले नेपाललाई ठूलो फाइदा पुग्ने विश्वास उनलाई छ । दक्षिण अफ्रिका भ्रमणमा नेपालले दुई वटा ५० ओभरको खेल खेल्नेछ । नेपालले जुन ८ मा स्कटल्याण्ड र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालले दक्षिण अप्रिकामा थप दुई अभ्यास खेलका लागि पनि प्रस्ताव गरेको छ । तर त्यसको निणर्य भइनसकेको क्यान कार्यावाहक सचिव पाठकले बताए । ‘हामीले अरु म्याच पनि प्रस्ताव गरेका थियौँ तर निणर्य भइसकेको छैन । दुई म्याच खेल्ने त पक्का छ’, उनले भने ।

दक्षिण अफ्रिकाबाट सिधै जिम्बाव्वे जाने नेपालले त्यहाँ पनि दुई अभ्यास खेल खेल्नेछ । कप्तान रोहित कुमार पौडेलले पनि दक्षिण अफ्रिका र जिम्बाव्वेमा प्राक्टिस म्याच पछि नेपाललाई सहयोग गपुग्ने बताएका छन् । ‘दक्षिण अफ्रिकामा १० दिनको क्याम्प हुन्छ । त्यहाँ चार प्राक्टिस म्याच र जिम्बाव्वेमा २ प्राक्टिस म्याच हुन्छ । मेरो विचारमा हामी यस पछि राम्रोसँग तयार हुन्छौँ जस्तो लाग्छ । ६ प्राक्टिस म्याचपछि त्यहाँको कन्डिसनका लागि सबै जना तयार हुन्छ’, रोहितले भने । नेपालले जिम्बावेमा छनोट प्रतियोगिताअघि जुन १३ मा ओमान र जुन १५ मा युएईसँग खेल्नेछ ।

रोहितले नेपाली टिम सन्तुलित रहेको र राम्रो प्रदर्शन गर्ने बताए । ‘समग्रमा हेर्दा हाम्रो टिम सन्तुलित छ । हामीले खेल्दा ‘बेस्ट फुट फरवार्ड’ राख्नुपर्छ’, उनले थपे, ‘हामीले आफ्नो वेस्ट गेम खेल्यौँ भने कुनै पनि टिमलाई हराउन सक्छौँ ।’ सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले नेपालले टेष्ट नेसनसँग पनि राम्रो प्रतिस्पर्धा गर्ने बताए । ‘हाम्रो समूहमा टेष्ट नेसन पछि छ । त्यसमा पनि राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छौं ।’

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.