गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्ने सरकारकाे निर्णय

गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको बारे जानकारी आएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले जानकारी दिए ।

५२ किलो ३३० ग्रामको सो रत्नपत्थरलाई गोरखकाली मन्दिरमा भगवतीको शिलाका रुपमा राख्ने निर्णय भएको जानकारी आएको उनले बताए । साथै सो रत्नपत्थर पुस्तौँदेखि सुरक्षित राखेकामा घरधनी राममाया शाहीको परिबारलाई पुरस्कृत गर्ने पनि मन्त्रपरिषदले निर्णय गरेको छ ।

यसअघि मंगलबार गोरखाका सांसद राजेन्द्र बजगाईँसहित गोरखा नगरपालिकाको नेतृत्वको सामाजिक संघसंस्थाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष सो पत्थर गोरखामै राख्ने वातावरण बनाइदिन माग गर्दै ज्ञापनपत्र पेश गरेका थिए ।

सरकारले सम्पूर्ण गोरखाबासीको माग सम्बोधन गरेकामा मेयर रानाले खुशी व्यक्त गरेका छन् । ‘गोरखाको धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्वको क्वार्ज क्रिस्टल गोरखामै राख्नुपर्ने भन्ने हाम्रो माग सम्बोधन गरेकामा प्रधानमन्त्री, गृहमन्त्री लगायत मन्त्रीपरिषदप्रति कृतज्ञता व्यक्त गर्दछौँ’, उनले भने, ‘यसलाई गोरखामै राख्नुपर्छ भनेर जो जो व्यक्तिगत, संस्थागत रुपमा खटिनु भयो, सामाजिक संघसंस्था, राजनीतिक दल, कर्मचारी वर्ग सबैलाई धन्यवाद दिन चाहन्छु ।’

केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले सो पत्थरलाई बहुमूल्य क्वार्ज क्रिस्टल पहिचान गरी त्यसलाई विभागमा बुझाउन सिफारिस गरेको थियो ।

गोरखामा पुस्तौँदेखि रहेको धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण पत्थर गोरखा बाहिर पठाउन विभागले सिफारिस गरेपछि यहाँका गोरखा नगरपालिका, राजनीतिक दलहरु, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, गुरु गोरक्षधाम शक्तिकेन्द्र, ज्येष्ठ नागरिक जिल्ला संघ, लायन्स क्लव अफ गोरखा लगायत सामाजिक संस्थाहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र पेश गरी यसलाई गोरखामै राख्न माग गरेका थिए ।

साथै नागरिक स्तरबाट पनि सो रत्नपत्थरलाई गोरखामै राख्नुपर्ने चौतर्फी माग भइरहेको थियो ।

गत असार १४ गते गोरखा नगरपालिका ७ सतिपिपलस्थित राममाया शाहीको घरबाट सो रत्नपत्थर प्रहरीले बरामद गरी प्रहरी कार्यालयभित्रै सुरक्षित पूर्वक राखेको छ । खानी तथा भूगर्भ विभागको अभिलेखअनुसार गोरखामा भेटिएको सो क्वार्ज क्रिस्टल नेपालमा भेटिएकामध्य सबैभन्दा ठूलो रहेको यसको अनुसन्धान गरेकी खानी तथा भूगर्भविद सुस्मिता भण्डारीले जानकारी दिइन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.