ऐनापहराको ढुङ्गामा आकर्षक आकृति बनाइँदै ।

अमरराज नहर्की, तनहुँ .
गर्मी बढेको समयमा पहाडको कुनाकन्दराबाट झरेको चिसो पानीको छाँगामा खेल्ने, ताल पोखरीमा डुबुल्की मार्ने रहर कसलाई हुँदैन र ? यही रहरलाई मेट्न यति बेला आँबुखैरेनी गाउँपालिका २ र ५ को सिमानामा रहेको ऐनापहरा झरनामा पर्यटकको भिड लाग्ने गरेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भिड लाग्ने गरेको हो ।गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा पर्यटकको सधैँ भिड लाग्ने भएकाले थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा भगवान्का आकृति बनाउन सुरु गरेको छ । ऐनापहरालाई थप आकर्षक बनाई पर्यटकलाई लोभ्याउन प्राकृतिक ढुङ्गामा भगवान्को आकृति कँुद्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । कालिगड यतिबेला ढुङ्गामा भगवान्का आकृति कुँद्न व्यस्त भएका छन् । गाउँपालिकाले स्थानीय कालिगडलाई काममा लगाएको हो । चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपियाँको लागतमा ढुङ्गामा आकृति बनाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, “तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखी पहरोमा आकृति बनाउने काम भइरहेको छ ।” पृथ्वी राजमार्गसँगै जोडिएको ऐनापहरामा मनमोहक झरना छ । अग्लो ठाउँबाट झरेको कञ्चन पानी, हरियाली जङ्गल, खोँचबाट झरेको पानीले जो कसैको पनि मन लोभ्याउने तथा थकित मुद्रामा यहाँ पुग्ने आनन्दित भएर फर्किन्छन् । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गर्छन् । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको पर्यटकलाई नयाँपन दिन ढुङ्गामा आकृति बनाउन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । झरना धेरै ठाउँमा छन् तर ऐनापहरा झरनालाई अन्य ठाउँको भन्दा पृथक् पहिचान दिन आकृति बनाउन लागेको उहाँले बताउनुभयो । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । त्यसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँ, धुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँ, धुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको छ । यहाँ स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने दीर्घकालीन योजना रहेको गाउँपालिकाले जनाएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन विस्तृत गुरुयोजना तयार भएको गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार १० करोड रुपियाँ बजेट आवश्यक पर्छ । डिपिआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । बहुवर्षीय योजना अन्तर्गत साहसिक खेल, सिसाको पुल, जिपलाइन, स्विमिङ पुल, ढुङ्गामा आकर्षक मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पृथ्वीराजमार्ग भएर दैनिक झन्डै पाँच हजार सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना रहेको पार्क निर्माण कार्य अगाडि बढाइएको हो ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.