जलहरी जाँच्ने क्रममा के के भेटियो ?

११ असार, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मध्यरातसम्म पशुपतिनाथ मन्दिरमा स्थापना गरिएको सुनको जलहरी जोख्ने र जाँच्ने काम गर्‍यो । त्यसबारे अख्तियारले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया भने दिएको छैन ।

कोषका पदाधिकारीहरुले अनौपचारिक रुपमा जलहरी निर्माणमा खपत भएको भनिएको १०८ किलो सुन आइतबार मध्यराति परीक्षणका क्रममा पुष्टि भएको दाबी गरेका छन् । सुन जोख्ने काममा सहभागी एक कर्मचारीका अनुसार जलहरी र पेटी समेत तौलिंदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको हो ।

सुन जोखेपछि मुचुल्का बनाएर फर्केको अख्तियारको टोलीले ‘यो विषयमा अहिले बाहिर नबोल्नुहोला’ भनेर निर्देशन दिएको भन्दै उनले नाम बताउन चाहेनन् ।

कोषका पदाधिकारीहरुले दाबी गरे अनुसार, ज्योतिर्लिङ्गमा राखिएको सुनको पेटी समेत जोख्दा आधा किलो कम सुन फेला परेको हो । कोषका पदाधिकारीहरु भने पटक–पटक राख्ने र झिक्ने काम भएको अनि जलहरी स्थापना गरेको दुई वर्ष बितेकाले आधा किलो जति तौल कम हुनु स्वाभाविक हुने दाबी गर्छन् ।

दुई वर्षअघि पशुपति क्षेत्र विकास कोषले जलहरी जडान गरेको मुचुल्कामा भने ९६ किलो ८२२ ग्राम सुन थियो । अख्तियारमा उजुरी दिनेहरुले करिब ९७ किलो सुन खपत गरेका कोषका पदाधिकारीहरुले बाँकी ११ किलो सुन हिनामिना गरे भन्ने आरोप लगाएका थिए ।

बाँकी रहेको ११ किलो सुनको पेटी जलहरी स्थापनापछिको निकै दिनपछि मात्रै मन्दिरमा लगेर स्थापना गरिएको थियो । अख्तियारको टोलीले पेटी बनाएको ठाउँमा पुगेर कालिगडसँग बयान लिएको छ ।

मुचुल्कामा बाँकी रहेको करिब ११ किलो सुनबारे प्रश्न उठेपछि कोषका पदाधिकारीहरुले बाँकी रहेको सुन पेटी बनाएर पशुपतिको मूर्तिमा लगाइदिएको बताएका थिए । पेटी जाँच्दा पुगनपुग ९ किलो सुन रहेको भेटिएको सुनको गुणस्तर परीक्षण गर्दा औसतमा २२ क्यारेट सुन प्रयोग भएको खुलेको थियो ।

परीक्षणका क्रममा जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री भानुभक्त ढकालदेखि कोषका पदाधिकारीहरुको नाम नै उल्लेख गरेको भेटिएको हल्ला चलेको थियो ।

कोषका पदाधिकारीहरु यो दाबी झुटो रहेको बताउँछन् । जलहरी निर्माणमा सुरुदेखि नै प्रश्न उठाएका उजुरीकर्ताहरुले भने जलहरीको भित्रपट्टि उनीहरुको नाम राखिएको दाबी गरेका थिए । यही विषय सोमबारको प्रतिनिधिसभा बैठकमा समेत उठ्यो ।

कांग्रेस सांसद रामहरि खतिवडा र माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले जलहरीमा आफ्नो नाम लेखाउने रहर पूरा गर्न सुनको जलहरी लगाएको आरोप लगाए । एमाले सांसदहरुले त्यसको विरोध गरेका थिए ।

पशुपतिमा सुनको जलहरी राखेपछि मन्दिर परिसरभित्र स्थापना गरिएको शिलालेख । मन्दिर परिसरमा फोटो खिच्न निषेध भएकाले त्यहाँ भएको व्यहोरा उतारेर अनलाइनखबरले शिलालेखको नमूना बनाएको हो ।

जलहरीमा तत्कालीन पदाधिकारीहरुको नाम लेखिएको आरोपको स्वतन्त्र पुष्टि हुन नसके पनि जलहरी निर्माणपछि भने मन्दिर परिसरभित्र तत्कालीन राष्ट्रपति भण्डारीदेखि प्रधानमन्त्री ओली लगायतको नाम उल्लेख भएको ताम्रपत्र भने राखिएको थियो ।

उनीहरुले त्यसलाई सारेर पशुपति क्षेत्र विकास कोषको कार्यालयमा राख्न माग गरेका थिए ।

Source: Onlinekhabar

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.