दोहोरी गायक सुमन परियार किन गए त जेल?

कविराज ढकाल, काठमाडौै । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीमा अब्बल मानिएका लोकप्रिय दोहोरी गायक सुमन परियारको नयाँ सांगितिक कोसेली ‘पाईला पाईला ठेस कठै मेरो देश” बोलको समसामायिक देशभक्ति गित डिजिटल बजारमा बुधबार साझ सार्वजनिक भएको थियो ।

सुप्रसिद्ध दोहोरी गायिका सुमन परियारको सुमधुर आवाजमा सजिएको गितमा गायक परियारकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विश्वास नेपालले संगित संयोजन गरेका छन् । गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । युटुव र टिकटकमा गित निकै रुचाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।  परियारले गितमा कानुन, जातको, धर्म, रोजगार र बैदेशिक यात्रा गरि पाँचबाट समसामायिक बिषयका मुद्दाहरुलाई गितमा चित्रण गरेका छन् ।

जेरी भण्डारीको कथा एवम् निर्देशन निर्माण गरिएको गितको म्युजिक भिडियोमा सुमन परियार, क्रिस्टल सापकोटा र सुजन कोईराला मर्मस्पर्शी अभिनय रहेको छ । गितको म्युजिक भिडियोमा सुमनले आफुलाई फरक फरक विषयबस्तु फरक फरक शैलीमा उतारेका छन् । राजाको फोटो कुल्चिएको दुश्य देखेपछी सुमनले कुल्चिएको फोटो हातमा लिएर फोटो ढोग्दै गितको सुरुवात यसरी गर्छन् ।

  • यसै रोको छ  यो मन यसै रोको छ
  • देशै रोको छ  मेरो देशै रोको छ

जव उनि राजाको फोटो झोलामा राख्दै अफिस पुग्छन् तव एक महिला ढोकाबाट भित्र छिर्छिन् र आफ्नै बचाऊ बचाऊ भन्दै चर्को स्वरमा कराऊन् थाल्छिन् र उनलाई प्रहरी आएर हातकड्डी लाएर विना गल्तिको सजाय दिईन्छ , पैसाको लागि केही महिलाहरु इज्जत किनवेच गर्छन् जे पनि गर्छन् भन्ने सन्देश दिन खोजेका छन् ।

सुमनले गितमा जातिय विभेदको विषय पनि देखाएका छन् । एक्काईसौं शताब्दीमा पनि परियार भएकै कारण उनले कोठा नपाएको घटनालाई स्षष्ट पारेका छन् । मानिस ठुलो दिलले हुन्छ जातले हुदैन् भन्ने गरिन्छ अद्यवी समाजमा अझै जातिय विभेद अन्तन्य भई नसकेको कुरा गितमा प्रष्टाएका छन् ।

सुमनले गितमा धर्मको बिषयलाई पनि उठाएका छन् । धर्म कमाई खाने भाँडो भएको छ । मान्छेलाई अनेक प्रभोलन देखाएर क्रिस्चियनहरुले पैसामा धर्म किनेको कथा देखाईएको छ । यतिवेला क्रिस्चियन धर्म मान्नेहरुले गित प्रति आक्रोश पोखेका छन् । धर्मको कुरालाई लिएर गित बिबादमा मुछिएको छ ।

देशमा गरेर खाने परिस्थिती नभएपछी परदेश जानु पर्ने वाध्यतालाई पनि परियारले गितमा देखाएका छन्, जनताहरु सहकारीबाट ठगिएका, शैक्षिक प्रमाण पत्र भए पनि देशैमा जागिर खाने अवस्था नरहेको, पार्सपोर्ट वनाऊन जादा सर्व-साधारण जनताले अनेक झमेला सहनु परेको विषय पनि गितमा समेटिएको छ । अन्तमा परियार आफैं प्रदेशीएर गितको समापन गरेका छन् ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा प्रकाश खड्काले छांयाकन एवम् सुजन कोईरालाले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ । यसअघि सुमन परियारले गाएका सयौं लाईभ दोहोरी गितहरुलाई दर्शक स्रोताहरुले सर्वाधिक रुचाएका छन् । रानी हजुर, आशु पैंचो, झम्के साझैमा, नरोऊ नरोऊ नभन, मायाले फसायो, घुम्ति घुम्ति रोड लगायत परियारका गितहरु सर्वाधिक चर्चामा छन् ।

गित Suman Pariyar अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।  गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि:

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.