बारपाकलाई अझ व्यवस्थित गर्दै पर्यटकीय केन्द्रविन्दु बनाउन आवश्यक छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाकलाई अझ व्यवस्थित गर्दै पर्यटकीय केन्द्रविन्दुका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बारपाक सुलिकोट गाउँपालिकाद्वारा बारपाकमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

भूकम्प जानुअघि पनि बारपाक आप्mनै मौलिक संस्कृति र भिसि प्राप्त गजे घलेका कारण प्रसिद्ध रहेको बताउदै २०७२ सालको भूकम्पले राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय झनै धेरै प्रचारप्रसार भएको उनले बताए । अव भूकम्पको केन्द्रविन्दु बारपाकलाई अझ व्यवस्थित गर्दै पर्यटकीय केन्द्रविन्दुका रुपमा विकास गर्दै लैजानुपर्ने उनले बताए ।

बारपाकमा निर्माण भएको भूकम्प स्मृतिपार्क निर्माण कार्य छिट्टै पूर्णता दिने गरी काम भइरहेको उनले बताए । बारपाक बस्तीमा रहेको समस्या समाधानलाई गर्न पहल गर्ने उनले बताए । ११ किलो बारपाक सडकखण्ड कालोपत्रे काम अहिलेसम्म पूरा नभएको बताउदै उक्त सडकखण्डलाई छिट्टै पूरा गर्ने गरी पहल गर्ने उनले प्रतिबद्धता जनाए । बारपाक सडकखण्ड बाटोलाई उत्तरी तिब्बतसम्म जोड्ने प्रयास भइरहेको बताउदै यसले आगामी दिनमा यस सडकखण्डको महत्व झनै बढ्दै जाने उनले बताए । उक्त सडकखण्डलाई रुइला भज्याङसम्म पु¥याउने उनको भनाइ छ ।

कार्यक्रममा उनले प्राकृतिक जोखिम न्यूनीकरणलाई कम गर्न र कुनै प्रकारका घटनाहरु भएमा क्षतिलाई कम गर्न पूर्वतयारी आवश्यक रहेको बताए । त्यसका लागि विपतको पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने र विपत जोखिम न्यूनीकरणका लागि आवश्यक विषय बस्तुहरुका बारेमा पहिले नै गम्भीर रुपमा छलफल गरी आवश्यक स्रोतसाधनहरु परिपूर्ति गर्नुपर्ने बताए । विगतमा भएगरेको गल्तीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, उनले देशले विकास र समृद्धिको यात्रा तिब्र गतिमा अगाडि बढाउन आवश्यक रहेको बताए । आम जनताले उपभोग गर्ने गरी विकासको नयाँ ढाँचा अव विकास गनुपर्ने समेत उनले बताए । अहिलको यो राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर शिक्षा, स्वास्थ्य रोजगारी खाद्यान्न, आवास, बाटोघाटो, विजुली, खानेपानी, खेलकुद लगायत मानव जीवनका आधारभुत आवश्यकतालाई पूरा गरेर आम जनतालाई नयाँ जीवन पाएको अनुभूत पर्ने समेत उनले बताए । सुशासन, समृद्धि र सामाजिक न्यायको निम्ति अहिलेको सरकार बनेको बताउदै देशमा अहिले अर्थतन्त्रमा तत्काल देखा परेको समस्या समाधान गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सबैसँग पहलकदमी भइरहेको पनि उनले बताए ।

त्यस्तै, अहिले देशमा अराजतत्वहरुले देशको राष्ट्रियतालाई कमजोर बनाउने खेल भइरहेको त्यसको निर्मुल गर्न सबै सचेत भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा बारपाकसुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बारपाक, रुपीनाला हुदै मनास्लु बेसक्याम्पसम्म जाने पदमार्ग विस्तारका लागि संघीय सरकाले सहयोग गर्नुपर्ने बताए । त्यस्तै बारपाकदेखि नारदपोखरी, दुधपोखरी हुदै लमजुङसम्म जाने ताल कुण्डको पदमार्गको रुपमा विकास गर्नुपर्ने र धार्चेडाँडा वरिपरि इपिसेन्टर पदमार्ग विस्तार गर्न पनि गाउँपालिकाले सम्भाव्यता अध्ययन गरिरहहेको जानकारी दिए ।

बारपाकमा निर्माणाधीन अवस्थामा रहेको भूकम्प स्मृतिपार्क पूरा नभएको त्यसका लागि सम्बन्धित निकायमा पहलकदमी भइरहेको जानकारी दिएका थिए ।

गाउँपालिका अध्यक्ष भट्टको अध्यक्षता तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहरी विकास मन्त्री सिता गुरुङ, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदका विज्ञ सदस्य डा. गंगा तुलाधर, माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमु लगायतका पालिका, वडाका जनप्रतिनिधि, पालिका कर्मचारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

साथै भूकम्प दिवसको अवसर पारेर भूकम्प स्मृति पार्कमा दीप प्रज्वलन गरिएको थियो ।

दराैंदी डट कम बाट साभार

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.