साउदीमा कार्यरत नेपाली श्रमिक बीच सञ्चालन गरिएकाे प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिताकाे उपाधी सम्रानी फुटबल क्लब दमामकाे पाेल्टामा परेकाे छ ।
अप्रिल २२ तारिखका दिन नेपाली नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले दुई दिवसीय खुल्ला दम्माम भेट्रान गोल्डकप नकआउट फुटबल प्रतियोगिता अायाेजना गरिएकाे थियाे ।
कुल २० टिमकाे सहभागिता रहेकाे साे खेलमा बिजेता सम्रानी फुटबल क्लब ले ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) र उप-बिजेता युनाइटेड फुटबल क्लबले २ हजार ५ सय २५ साउदी रियाल ( नेपालि ८९ हजार ) सहित ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिएकाे साउदीबाट अाेम बहादुर कुमालले जानकारी दिनुभयाे ।
खेलकाे मुख्य प्रायोजकका रुपमा संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति साउदी अरब रहेको छ भने सह-प्रायोजक चौधरी ग्रुप (वाई वाई चाउचाउ) र फ्रेन्डी प्याकेज रहेकाे साे खेलमा युनाइटेड फुटबल क्लबलाई २:० ले हराउदै सम्रानी फुटबल क्लब बिजयी बनेकाे हाे ।
अलतुक्बा क्लबको खेल मैदान अजिजिया , अल खोबरमा खेल सञ्चालन भएकाे खेलकाे समापन समाराेहमा साउदी अरबका लागि नेपाली राजदूत नबराज सुवेदीबाट पुरस्कार बितरण गरिएकाे थियाे ।
खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, सर्वाधिक गाेलकर्ता, उत्कृष्ट डिफेन्डर लगायतका बिधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे अायाेजकले जनाएकाे छ ।
Facebook Comments Box
Post Views: 220