गोरखा । गोरखा बजारबाट जुवा–तास खेल्दै गरेको ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ को चाईनिजधारा क्षेत्रमा जुवा–तास खेल्दै गरेका ९ जनालाई बिहीबार राती गोरखा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।स्थानिय मन्दिप श्रेष्ठको भोक लाग्यो खाजा घरमा जुवा–तास खेल्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले गोरखा नगरपालिका ८ घरबेटी मन्दिप श्रेष्ठ, विवश केसी, जिवन विसी, तनहुँ आँबुखैरेनी गाउँपालिका ६ घरभएका किसान गुरुङ, रौतहट जिल्ला गरुढा नगरपालिका २ घर भएका फेकु सहानी, महोत्तरी जिल्ला गौशाला नगरपालिका ७ का भुपेन्द्र शाह, गोरखा जिल्ला गोरखा नगरपालिका ६ का गणेश बराम र शहिद लखन गाउँपालिका ८ का रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरुबाट १ बुक तास सहित १ लाख १ हजार ८०० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।पक्राउ परेका सबैलाई जुवातास ऐन अन्तरर्गत कारवाही अगडी बढाउने तयारी भई रहेको गोरखा प्रहरीले जनाएको छ ।
थप समाचार
-
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
गोर्खा संसारSeptember 1, 2026प्राय सधैजसो तीजका अवसरमा आफ्नो गीती कोशेली लिएर आउने गरेकी अञ्जु श्रेष्ठले यसपाली पनि तिजको कोशेली एक बर्षमा एक चोटी ……… लिएर आएकी छिन् । तीज पर्वलाई मान्यता दीदै उनले हरेक बर्ष ... -
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
गोर्खा संसारAugust 24, 2026काठमाडौं नेपाली समाजमा तीज केवल चाडपर्व र मनोरञ्जनको अवसर मात्र होइन, महिलाले आफ्ना पीडा, भोगाइ र सामाजिक यथार्थलाई गीतमार्फत अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम पनि हो। यही सामाजिक... -
क्यानडाबाट ‘लाली’ लिएर आए निर्वाण–कुश, भिडियोमा इभा गिरी
गोर्खा संसारAugust 16, 2026काठमाडौं । क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ। ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शक... -
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा
गोर्खा संसारAugust 15, 2026काठमाडौँ, ३० साउन। जीवनका चार दशकजति समय न्यायसेवामा बिताएका व्यक्ति अवकाशपछि कलमलाई फेरि नयाँ यात्रामा डोर्याउँदै गीत संगीतको संसारमा प्रवेश गर्छन् भन्ने कुरा आफैँमा एउटा रोचक र ... -
गाईजात्रा अब केवल पर्व होइन, पहिचान र अस्तित्वको उत्सव
गोर्खा संसारAugust 15, 2026काठमाडौं । परम्परागत रूपमा दिवङ्गत प्रियजनहरूको सम्झना, हास्य र व्यङ्ग्यसँग जोडिएको गाईजात्रा पर्व यस वर्ष लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि पहिचान, स्वतन्त्रता, विविधता र...