ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँले साँढे २ महिनाको अवधिमा विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रेहका ३७ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल बनेको छ । फरार प्रतिवादिहरुलाई पक्राउ गर्ने अभियान चलाएको डुम्रे प्रहरीले आइतबार एकै दिन ८ जना फरार व्यक्ति पक्राउ गरेको हो । आईतबार परेकाहरु मध्ये सवारी ज्यान मुद्धाको १ जना, सम्बन्ध विच्छेदको १ जना, बहुविबाह मुद्धाका १ जना, लुटपिट मुद्धाका ४ जना, र जालसाजी मुद्धाका १ जना रहेको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकास भुसालले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकास भुसाल सरुवा भई आउनु भएको करिब साँढे २ महिनाको अवधिमा उहाँको नेतृत्वमा ३७ जना फरार प्रतिवादिहरुलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । ३७ जना फरार प्रतिवादिहरुमा सवारी ज्यान मुद्धाका ९ जना, लागु औषधका ३ जना , ज्यान सम्बन्धि मुद्धाका ४ जना, जवरजस्ती करणी मुद्धाका १ जना, चोरी मुद्धाका १ जना र अन्य मुद्धाका १९ जना पत्राउ गरिएको सहायक प्रहरी निरीक्षक दिनेश पौडेलले बताउनुभयो । पक्राउ परेकाहरुबाट हुन आउने कैद ५ वर्ष १० दिन र जरिवाना २ लाख ४३ हजार ९४४ रुपैयाँ असुल र कैद भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको प्रहरीले जनाएको छ ।
थप समाचार
-
विकासका लागि ऊर्जा -डा. नरविक्रम थापा
गोर्खा संसारOctober 13, 2026ऊर्जालाई काम गर्न वा परिवर्तन गर्नको लागि क्षमता भनेर परिभाषित गरिन्छ। यो ब्रह्माण्डका लागि मौलिक र विभिन्न रूपहरूमा विद्यमान छ, जस्तै गतिशील (गति), संभाव्य (सञ्चित), थर्मल (तातो),... -
अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी
गोर्खा संसारSeptember 20, 2026काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपम... -
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ
गोर्खा संसारSeptember 20, 2026कास्की, ३ असोज । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पाद... -
सिरान्चोकमा बुलेरो दुर्घटना : ८२ वर्षीय लालु थापाको मृत्यु, ८ जना घाइते
गोर्खा संसारSeptember 20, 2026गोरखा । सिरान्चोक गाउँपालिकामा डबल क्याब बुलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन्। सिरान्चोक गाउँपालिका–अन्तर्गत भच्चेक–सिम्लेबाट चोरकाटेत... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय...