Skip to main content

Gorkha Sansar

सिताको तीज गीतमा समानताको‌ आवाज

पोखरा । २२ साउन

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी पत्रकार सीता रसाईलीको तिज गीत “बर्ष दिन बितेको” बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । लामो समयदेखि पत्रकारिता र लेखन तथा विभिन्न रचनात्मक कार्यक्रममा सक्रिय रहेकी रसाईलीको तीज कोशेली सार्वजनिक भएको हो ।
संगीतकारका रुपमा अलि बढी चिनिए पनि गीत लेखन, संगीत, गायन, वाद्यवादन, संगीत संयोजन, भिडियो निर्देशन, अभिनय जस्ता धेरै क्षेत्रमा आफूलाई उत्तिकै अब्बल सर्जकको रूपमा उभ्याउदै आएका बहुप्रतिभाशाली सर्जक “धुन सम्राट” बि.बि. अनुरागीले यस गीतमा शब्द रचना र संगीत गरेका छन् ।
सदियौंदेखि सामाजिक कलङ्कको‌ रुपमा रहेको जातीय बिभेदलाई यो अभिशापलाई‌ गीतकार अनुरागीले इङिगत गर्दै अब भत्सना र बिरोध मात्र होइन । कानूनलाई व्यवहारमा लागू गर्नुपर्छ भनेर गीत मार्फत जोड दिएका छन् ।
जातकै कारण कतिको ज्यानै समेत गैसक्यो
केही त गरौं अब त अति भैसक्यो
कति गर्नु भत्सर्ना कति विरोध गर्ने हो
कानुनलाई व्यवहारमा ल्याउनै पर्ने भाे
यसरी वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितका लागि सबै सचेत भई लाग्नुपर्ने गीतको मुल भाव हो ।
गायिका सीता रसाइली लामो समयदेखि अष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेकी छिन् । अरूको समाचार लेखिरहने सिता यतिबेला गायिका बनेसँगै आफु‌नै समाचार बनेकी छन् ।
पहिलो पटक गायिकाको रुपमा यस क्षेत्रमा पाइला टेकेकी सीताको यो गीत गायिकीपनले गायनमा पनि धेरै सम्भावना देखिएको छ ।
सिताको‌ यस गीत प्रिज्म‌ डिजिटल काठमाडौंमा रेकर्ड गरिएको‌ हो भने श्यामस्वेत रसाईलीले मिक्सिङ‌/ मास्टरिङ‌, नविन घर्तिमगरले सम्पादन गरेका छन् । सो गीतको म्युजिक भिडीयोलाई शंकर बिसीले निर्देशन गरेका छन् । यस गीतको म्यूजिक भिडीयोमा अहिलेकी चर्चित मोडेलहरु अन्जली अधिकारी, बन्धना नेपाल र उत्साह घिमीरे लगायत कलाकारले अभिनय गरेका छन् भने गीतको निर्माण डा.मोम विश्वकर्माले गरेका हुन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.