Gorkha Sansar

शितल गुरुङको अत्यन्तै प्रतिक्षा गरिएको “ढाट्यो जिन्दगी” सार्वजनिक गोर्खाली सर्जक रमेश परियारको उत्कृष्ट सृर्जनामा

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचउछन् ।

यसै सन्दर्भमा लोक दोहोरी गायक एवम इमेज लोक कलाकार Season 2 पब्लिक च्वाईस अवार्ड विजेता शितल गुरुङको  “ढाट्यो जिन्दगीले” सार्वजनिक भएको छ | जसमा लोक तथा दोहोरी गायक शितल गुरुङ र लोकप्रिय चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वर सजिएको छ भने  जसमा लोकप्रिय गोरखाली चर्चित सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ || गित निकै उत्कृष्ट रहेको छ भने गितका प्रत्येक शब्द निकै मार्मिक र मन छुने छन् ||

गित
हासो खुसि आशुसंगै साट्यो जिन्दगीले
एकपल हासो दिएर सयौ चोटी चम्धारै रुवाऊछ यसरि नि सधैभरि ढाट्यो जिन्दगीले

केटा :- बरु मलाई खसाल्देऊ भिरबाट
विन्ति भगवान् मुक्ति देऊ पिरबाट ||

केटी :- अचानो झै टुक्रेको मेरो मन
खुकुरी भई चोट दिने धेरै छन् ||

यस गितलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गर्नुभएको  | पछिल्लो समयका चर्चित नायिका मोडेल सारिका केसी र मोडेल किरण मगरको मोडेलिग रहेको छ | भिडियो निकै उत्कृष्ट वनेको छ | जसमा सुरेश श्रेष्ठले छायाकंन ड्रोन र मनोज कार्किले  सम्पादन गर्नु भएको छ || उक्त गितको बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको छ ||

गित हेर्नको लागि तलको लिक खिच्नुहोला

गितले सबैको मन जितोस् शुभकामना

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.