Skip to main content

Gorkha Sansar

भोटेकोशी बाढीपीडितका लागि नेपाल लाइफको ठूलो साथ, उद्धार कोषमा रु. २ करोड ५१ लाख

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु. २ करोड ५१ लाख सहयोग गरेको छ।
विपद्को समयमा राज्यको राहत प्रयासलाई थप बलियो बनाउने उद्देश्यसहित कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
राहतदेखि पुनर्स्थापनासम्म सहयोग पुग्ने अपेक्षा
भोटेकोशी बाढीका कारण प्रभावित परिवारको तत्काल उद्धार, राहत वितरण तथा आगामी पुनर्स्थापनाका काममा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको नेपाल लाइफले जनाएको छ। कम्पनीका अनुसार यस्तो सहयोगले विपद्को समयमा प्रभावित समुदायलाई राज्यस्तरबाट उपलब्ध गराइने सहायता थप प्रभावकारी बनाउन योगदान पुर्‍याउनेछ।
नेपाल लाइफले विपद्मा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
‘संकटमा राज्य र समुदायसँगै’
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको नेपाल लाइफले आगामी दिनमा पनि विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा सहयोग गर्न सम्पूर्ण नागरिकलाई आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नसमेत आग्रह गरेको छ।
२ करोड ५१ लाख रुपैयाँको यो सहयोगले विपद्का बेला निजी क्षेत्रको सामाजिक उत्तरदायित्व केवल व्यावसायिक प्रतिबद्धतामा सीमित नभई मानवीय सहकार्यका रूपमा पनि प्रस्तुत गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.