Gorkha Sansar

जीवनको आँधि ब्याधि’ सार्वजनिक, पहाडको संघर्ष र जीवनदर्शन बोल्ने नयाँ नेपाली गीत बजारमा

काठमाडौं। नेपाली पहाडको संघर्ष, प्रकृतिप्रतिको आत्मीयता र जीवनदर्शनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको नयाँ नेपाली गीत ‘जीवनको आँधि ब्याधि’ सार्वजनिक भएको छ। गायिका अमला महर्जन (संगीत प्रवीण) को सुमधुर स्वरमा रहेको उक्त गीत सत्य नारायण प्रजापतिको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतका शब्द डा. धुन्डिराज पहाडीले रचना गरेका हुन् भने संगीत स्वर्गीय रविन दास श्रेष्ठले सिर्जना गरेका छन्। गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सत्य नारायण प्रजापति र प्रवी जीले गरेका हुन्। गीतको रेकर्डिङ भक्तपुरस्थित विवेक साउन्ड स्टुडियोमा सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।

गीतको म्युजिक भिडियोमा सत्य नारायण प्रजापतिको निर्देशन, अवधारणा तथा कथा रहेको छ। भिडियोमा कमला शाक्य, अमला महर्जन, रूपा न्यौपाने, चन्द्र महर्जन, डा. धुन्डिराज पहाडी तथा इन्जिनियर सत्य नारायण प्रजापतिको अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन विवेक शाक्यले गरेका हुन् भने सम्पादन सत्य नारायण प्रजापतिले गरेका छन्। भिडियोको कलर ग्रेडिङ तथा भिजुअल इफेक्ट्स (VFX) पनि विवेक शाक्यले गरेका छन्।

‘जीवनको आँधि ब्याधि’ गीतले नेपाली पहाडको कठोर यथार्थ, अथक संघर्ष, प्राकृतिक सौन्दर्य र जीवनका गहिरा अनुभूतिलाई भावपूर्ण रूपमा प्रस्तुत गरेको छ। “जीवनको आँधि ब्याधि पहाडैले रोक्छ, अजङ्गको भारी पनि पहाडैले बोक्छ” जस्ता मार्मिक शब्दमार्फत पहाडको आत्मा, सहनशीलता र नेपाली समाजको जीवनदर्शनलाई प्रभावशाली ढंगले अभिव्यक्त गरिएको छ।

भिडियो हेर्नुहोस्: https://youtu.be/2z_BngDb06o

निर्माण टिमका अनुसार गीतको उद्देश्य नेपाली पहाडको मौलिक संस्कृति, जीवनशैली र दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै नेपाली मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउनु हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.