Gorkha Sansar

बन्दीपुरको सेराटार लामाचौरमा हिले महोत्सव हिले महाेत्सव हुने

बन्दीपुरको सेराटार लामाचौरमा हिले महोत्सव हिले महाेत्सव हुने
तनहुँ , बन्दिपुर
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा २३ औं राष्ट्रिय धान दिवसकाे अवशर पारेर बन्दीपुर–३ स्थित सेराटार लामाचौरमा महोत्सवकाे आयाेजना गरेकाे छ ।
प्रतिष्ठानले बिहीबार बन्दीपुरमा पत्रकार सम्मेलन गरी यही असार १४ गते विविध कार्यक्रम गरी छैटों हिले महोत्सव मनाउने तयारी गरिएको सो अवसरमा जानकारी गराइएको हो ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक विश्व कुमार बुढाले परम्परागत लोक संस्कृतिको संरक्षण र रोमाञ्चक प्रदान गर्ने उद्धेश्यले विगतदेखि गर्दै आएको यस कायलाई यसबर्ष पनि निरन्तरता दिन लागिएको बताउनुभयो ।
उहाँका अनुसार धान दिवसका अवसरमा विभिन्न प्रतियोगिताका साथै नौमती बाजा र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती समेत रहने छ ।
उहाँले भन्नुभयो,“मनोरञ्जनाका लागि डोरी तान्ने,हिले दौड,माछा समात्ने प्रतियोगिता महिला र पुरुषको छुट्टै प्रतियोगिता हुनेछ भने छिटो धान रोप्ने प्रतियोगितामा महिला मात्रै सहभागि गराईने छ भने डोरी तान्ने प्रतियोगितामा प्रथम हुनेले रु.५ हजार द्धितीय हुनेले ४ हजार,हिले दौडमा प्रथम हुनेले एक हजार र द्धितीयले पाँच सय र छिटो धान रोप्ने प्रतियोगितामा प्रथम हुनेले एक हजार पाँच सय,द्धितीयले रु. एक हजार,तृतीयले सात सय र सान्तनाले पाँच सय र माछा समात्ने प्रतियोगितामा महिला र पुरुष दुवैको छुट्टै प्रतियोगिता हुनेछ भने जसले माछा समात्छन् उसैले लैजान पाउने र माछा आकर्षक किसिमको रहने आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्न रु.एक लाख पचास हजार लाग्ने अनुमानका साथै एक हजार दर्शक उपस्थिती गराइने आयोजक समितिले जनाएको छ । बन्दीपुर गाउँपालिकाबाट रु.एक लाख आर्थिक सहयोग प्राप्त भएको र नपुग रकम विभिन्न संघसंस्थाबाट संकलन गरी सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
कार्यक्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुरमा हुने धान दिवस भव्य रुपमा मनाउन बन्दीपुरबासीले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
धान दिवसले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले वडा र पालिकाले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा उहाँले सुझाब दिनुभयो ।
खेतधनी सुकुमलाल गुरुङ्गले उक्त दिन चार हल गोरु नारिने र खेतसम्म पुग्न बाटोलाई सहज बनाइएको बताउनुभयो ।
प्रतिष्ठानकी प्रवक्ता शान्ता बास्तोलाले असार १५ गते पूर्णिमाको दिन परेको र उक्त दिन हल गोरु नार्र र जोत्न नहुने यस परम्परालाई मध्यनजर गर्दै असार १४ गते कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवं प्रचार संयोजक अनुराग थापा,द्धितीय उपाध्यक्ष एवं हिले महोत्सव संयोजक दीपक राई, महिला उपाध्यक्ष एवं अतिथी सत्कार संयोजक सावित्रा हड्खले,कोषध्यक्ष एवं आर्थिक संयोजक अमृत गन्धर्व,खेल संयोजक बलहादुर घर्ती,प्रमुख संरक्षक मेघनाथ रिमाल,संरक्षक बिष्णु खड्का क्षेत्री,वरिष्ठ सल्लाहकार नन्दु थापा मगर,बन्दीपुुर बजार इकाईका सभापति घनश्याम उपाध्याय,समाजसेवी गोवर्धन भट्टराई लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन प्रतिष्ठानका सचिव सूर्यप्रसाद छिमालले गर्नुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.