Gorkha Sansar

विश्व वातावरण दिवसको अवसरमा गोरखा दरबार हाइकिङ ट्रेलमा दोस्रो दिनको सरसफाइ महाअभियान सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा आज दोस्रो दिन गोरखा दरबार हाइकिङ ट्रेल तथा रानीबन क्षेत्रमा वृहत् सरसफाइ महाअभियान उत्साहजनक रूपमा सम्पन्न भएको छ।
अभियान अन्तर्गत ट्रेल वरपरका क्षेत्रमा सरसफाइ गर्नुका साथै मानव मनको उपभोक्तावादी मानसिकता र जलवायु संकटको समाधान सम्बन्धी अद्वैत वेदान्तमा आधारित दार्शनिक तथा चेतनामूलक सन्देशहरू अंकित सूचना पाटी (Awareness Notice Board) विभिन्न रुखहरूमा स्थापना गरिएको छ।
यस अभियानमार्फत हाम्रो ऐतिहासिक धरोहर र प्राकृतिक पर्यावरणलाई स्वच्छ, सुरक्षित र दिगो बनाउन साझा जिम्मेवारी र सामूहिक चेतना जगाउने प्रयास गरिएको छ।
उक्त कार्यक्रमलाई नेपाल आर्मी, सशस्त्र प्रहरी बल (APF), नेपाल प्रहरी, डिभिजन वन कार्यालय तथा क्लिन गोरखा अभियानको संयुक्त टोलीले सामूहिक रूपमा श्रमदान गर्दै सफल बनाएको हो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.