पालुङटार नगरपालिकाले बजार अनुगमन गर्दै म्याद समाप्त भइसकेका खाद्य सामग्रीहरू बरामद गरी नष्ट गरेको छ। नगरपालिकाको अनुगमन टोलीले स्थानीय बजार क्षेत्रमा गरेको निरीक्षणका क्रममा उपभोग्य म्याद सकिएका तथा बिक्रीका लागि राखिएका खाद्य सामग्रीहरू फेला पारेपछि ती सामग्रीहरू जफत गरी नष्ट गरिएको जनाएको छ।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित र कडाइका साथ अघि बढाइने तथा मापदण्ड विपरीत कार्य गर्ने व्यवसायीमाथि आवश्यक कारबाही गरिने बताएको छ।
गोरखाको पालुङटारमा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट