तनहुँ, भानु नगरपालिका ।
कृषकहरूको हकहित संरक्षण, कृषि क्षेत्रको समग्र विकास तथा कृषकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले भानु नगरपालिका वडा नं. २ मा वडास्तरीय कृषि सञ्जाल गठन गरिएको छ।
नवगठित सञ्जालको संयोजकमा हरेराम रेग्मी चयन हुनुभएको छ भने सह–संयोजकमा सिता अधिकारी चयन हुनुभएको छ। त्यसैगरी सचिवमा भक्तबहादुर कुँवर, सह–सचिवमा शिरमाया कुमाल तथा कोषाध्यक्षमा सबिना दवाड चयन हुनुभएको छ।
सञ्जालको सदस्यहरूमा धनबहादुर थापा, केदार न्यौपाने, चोभनाथ लामिछाने, जगतप्रसाद देवकोटा, रिना गुरुङ, सुरजबहादुर सार्की, माया मानन्धर, अन्जना कुमाल, पम्फा अधिकारी, रिता अधिकारी, पदमबहादुर सुनार, गणेश ढकाल, गङ्गा बिक तथा छेनुर्पु तामाङ रहनुभएको छ।
यसैगरी सञ्जालको सल्लाहकार समितिमा वडा अध्यक्ष केशवराज त्रिपाठी, समाजसेवी दीपकराज उपाध्याय तथा समाजसेवी कृष्णबहादुर घिमिरे रहनुभएको छ।
नवगठित सञ्जालले कृषकहरूका समस्या समाधान, कृषि उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, कृषकहरूबीच सहकार्य तथा कृषिमा आधारित आयआर्जनका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।
स्थानीय स्तरमा कृषकहरूलाई संगठित गर्दै कृषि क्षेत्रलाई व्यवसायिक, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नवगठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
भानु–२ मा वडास्तरीय कृषि सञ्जाल गठन : कृषकको हकहित र कृषि विकासमा सहकार्य गर्ने लक्ष्य