Gorkha Sansar

तनहुँको खहरेमा घाँटु संस्कृतिको उत्सव हुँदै, परम्परा जोगाउन सामूहिक भोज कार्यक्रम

ghatu

 

तनहुँ । भानु नगरपालिका–३ अन्तर्गत खहरे क्षेत्रमा गुरुङ समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यसहित ‘घाँटु भोज कार्यक्रम’ आयोजना हुने भएको छ ।

“घाँटु नाच र भोज हाम्रो संस्कृति, एकता र परम्पराको सुन्दर पहिचान हो” भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रम आगामी जेठ १६ गते शुक्रबार सञ्चालन गरिने जनाइएको छ ।

एकता तमु समाज द्वारा आयोजित कार्यक्रम एकता तमु समाज भवन मा सम्पन्न हुनेछ । आयोजकका अनुसार कार्यक्रममा परम्परागत घाँटु नाच, विविध सांस्कृतिक प्रस्तुति तथा सामूहिक भेटघाटका कार्यक्रम समावेश गरिएका छन् ।

स्थानीय अगुवाहरूका अनुसार पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्कृतिहरू ओझेलमा पर्न थालेपछि यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्ने प्रयास गरिएको हो ।

घाँटु नाच गुरुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पहिचान मानिन्छ । विशेषगरी सामूहिक सहभागिता, मौलिक भेषभूषा र परम्परागत लयमा प्रस्तुत गरिने घाँटु नाचले सामाजिक एकता र सांस्कृतिक सद्भावलाई मजबुत बनाउने विश्वास गरिएको छ ।

आयोजकले कार्यक्रममा सहभागी भई सांस्कृतिक अभियानलाई सफल बनाउन सम्पूर्ण समुदाय तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.