Gorkha Sansar

आफ्नै भवनबाट सेवा सुरु गर्दै साना किसान सहकारीको नयाँ फड्को, कुरिनटारका किसान उत्साहित

चितवन । साना किसान कृषि सहकारी संस्था लिमिटेड दारेचोक ले कुरिनटार स्थित आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेको छ ।

वर्षौंदेखि भाडाको भवन तथा सीमित पूर्वाधारबाट सेवा दिँदै आएको सहकारीले अब आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह थालेपछि स्थानीय किसान तथा सदस्यहरू उत्साहित बनेका छन् ।

सहकारीले आफ्नै भवनबाट सेवा सुरु गरेसँगै कृषि ऋण, बचत, पशुपालन, कृषि उत्पादन तथा उद्यमसँग सम्बन्धित सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्थानीय कृषकहरूले सहकारीको नयाँ भवनले सेवा प्रवाहमा सहजता ल्याउनुका साथै संस्थाप्रतिको विश्वास अझ मजबुत बनाउने बताएका छन् ।

सहकारीका पदाधिकारीहरूले ग्रामीण क्षेत्रमा कृषि तथा स्वरोजगार प्रवर्द्धनमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सदस्यको आवश्यकता अनुसार आधुनिक र पहुँचयोग्य सेवा विस्तार गरिने बताएका छन् ।

स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, साना किसानको आर्थिक सशक्तिकरण तथा सहकारीमार्फत आत्मनिर्भरता बढाउने उद्देश्यले संस्था निरन्तर सक्रिय रहेको जनाइएको छ ।

कुरिनटार क्षेत्रमा कृषि तथा सहकारी गतिविधि विस्तार भइरहेका बेला साना किसान कृषि सहकारी संस्था लिमिटेड दारेचोकको आफ्नै भवनबाट सेवा सुरु हुनु स्थानीय आर्थिक गतिविधिका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.