Gorkha Sansar

भाइरल बन्दै ‘भाइरल चौउर’ : पालुङटारको च्याङली पर्यटनको नयाँ आकर्षण

गोरखा । च्याङली स्थित ‘भाइरल चौउर’ पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र मनोरम दृश्यका कारण यो क्षेत्र यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल बन्दै गएको स्थानीयले बताएका छन् ।

पालुङटार नगरपालिका को बगर क्षेत्र नजिकै रहेको उक्त चौउरमा दैनिक रूपमा युवायुवती, परिवार तथा घुमफिरप्रेमीहरूको आगमन बढ्दै गएको छ । विशेषगरी फोटो तथा भिडियो खिच्न उपयुक्त खुला मैदान, वरिपरिको प्राकृतिक दृश्य र शान्त वातावरणले आगन्तुकलाई आकर्षित गरिरहेको छ ।

स्थानीयवासीका अनुसार सामाजिक सञ्जाल टिकटक, फेसबुक र युट्युबमार्फत ‘भाइरल चौउर’ चर्चामा आएपछि बाहिरी जिल्लाबाट समेत पर्यटक पुग्न थालेका छन् । पछिल्लो समय यहाँ पिकनिक, घुमफिर तथा छोटो दूरीको पर्यटन गतिविधि बढ्न थालेको जनाइएको छ ।

स्थानीय युवाहरूले उचित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके ‘भाइरल चौउर’ गोरखाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले सडक, विश्रामस्थल, खानेपानी तथा सरसफाइ व्यवस्थापनमा स्थानीय तहले ध्यान दिनुपर्ने माग समेत गरेका छन् ।

प्राकृतिक सौन्दर्यसँगै ग्रामीण परिवेशको अनुभव लिन चाहनेहरूका लागि ‘भाइरल चौउर’ अहिले आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको देखिन्छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.