Gorkha Sansar

बढहरे खोलामा भेटिएको शबको पहिचान हुन सकेन

गोर्खाको पालुङटा नगरपालिका वडा नम्बर ६ स्थित बडहरी खोलामा हिजो भेटिएको सबको पहिचान अझैसम्म हुन सकेको छैन जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिजो दिउँसो करिब साढेति बजेतिर को समयमा बढारी खोला पुलमुनि करिब ३०-३५ वर्षका एक युवकको सब फेला पारेको थियो /

वर्ण गहुँ गोरो, कालो र हल्का घुम्रिएको कपाल, आर्यन अनुहार भएको, उचाई ५ फिट ७ ईन्च, पातलो शरीर, शारीरको माथिल्लो भागमा ERKE लेखिएको पुरा बाहुला भएको खरानी रङ्को भेष्ट, कालो सेतो मिश्रित उलनको चेक सर्ट, निलो सेतो धर्सा भएको हाल्फ भेस्ट लगाएको र शरीरको तल्लो भागमा निलो रङ्गको जिन्स पाईन्ट, कालो रङ्को बेल्ट, हरियो रङ्को ट्राउजर भएको उक्त व्यक्तिको पहिचान का लागि इलाका प्रहरी कार्यालय ठाँटीपोखरी र मातहतका प्रहरीहरूले वरपरका क्षेत्रहरुमा अनुसन्धान गरिरहेको बताइएको छ। तर पनि हालसम्म निजको कुनै पहिचान हुन नसकेपछि इलाका प्रहरी कार्यालय आफ्नो फोन नम्बर ९८५६०८११९९र वा नेपाल प्रहरीको फोन नम्बर १०० मा सम्पर्क गरी सहयोग गरिदिन समेत अनुरोध गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.