प्रकाश कटुवाल र चन्दा अर्यालले गाएको मौलिक तिज गित एकैछिनमा भाईरल (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसैविच लोक दोहोरी गायिका चन्दा अर्यालको नयाँ तिज कोसेली ‘जुका लाग्ने गाऊँमा’ भखर्रै सार्वजनिक भएको छ । गित सार्वजनिक भएको छोटो समयमै युटुवमा सर्वाधिक रुचाईएको छ ।

सुप्रसिद्ध दोहोरी गायक प्रकाश कटुवाल र गायिका चन्दा अर्यालले गाएको गितमा गितकार विनोद ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक कटुवालकै मौलिक लय रचना रहेको छ । गितमा राकेश सोनीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा बुहारीलाई गरिएको हेला अनि माईतीमा आएर पोखेको गुनासो संगै पारिवारिक यथार्थ घटनालाई चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

दिपेन्द्र तिमिल्सिनाको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा रवि गिरि, सरिता ढुँगाना जुनकिरी, मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जीवन ज्ञवाली, खिम वा, विष्णु जिसी लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई  नवराज उप्रेतिले छांयाकन एवम् मनोज कार्किले सम्पादन गरेका छन् । गित Balchhi Dhurbe अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनिः

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.