नेकपा एमाले पालुङटारमा तीनजना मेयरमा तीनजना उपमेयर मा दाबी

गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमालेका तर्फबाट तीन जना मेयर र तीनजना उपमेयर मा दाबी गरेका छन् ।

नेकपा एमालेको चैत 28 गते बसेको नगर कमिटीको बैठकमा मेयरमा हरि भट्ट , हरि काफ्ले र सन्तोष देवकाेटाले दाबी गरेका छन्   त्यस्तैगरी उपमेयर तर्फ बसन्तकुमार श्रेष्ठ पार्वती पाठक र ओमबहादुर बराकोटी ले दाबी गरेका छन् ।

प्रस्तावित नामहरूमा सर्वसम्मत हुन नसकेपछि  जिल्ला कमिटीमा पठाउने निर्णय गरिएकाे नगर कमिटीका अध्यक्ष बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.