गाेरखा । प्रथम शहीद लखन थापा नभएकाे र बालावीर प्रथम शहीद भएकाे भनि पूर्व प्रधानमन्त्री एवँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्ति दिएपछि देशै भरी विराेध सुरु भएकाे छ । प्रथम शहीद लखन थापाकाे नाममा रहेकाे शहीदलखन गाउँपालिकामा साेमबार विराेध सभा सम्पन्न भएकाे छ ।
विराेध सभामा शहीदलखन गाउँपालिका अध्यक्ष रेमश थापा मगरले नेपालका प्रथम शहीद लखन थापा मगर रहेकाे बताए । जनताले पाएकाे अन्याय अत्याचारका विरुद्ध लड्ने क्रममा जहाँनिया राणा शासनले थापालाइ बुँकाेटकाे काउले भङ्गारमा हत्या गरेकाे र नेपाल सरकारले प्रथम शहीद घाेषणा गरेकाे उनले बताए ।
विराेध सभामा शहीद लखन गाउँपालिका वडा नं. ७ खाब्दी भञ्ज्याङ हुँदै लखन थापा स्मारकसम्म बृहत बिरोध र्यालीकाे गरिएकाे थियाे । कार्यक्रममा सयाैँका सँख्यामा नागरिकहरु सहभागि थिए ।
मगर,गैर मगर,नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, जनसमुदाय पालिका भित्रका बुबा-आमा दाजु-भाई दिदि बहिनीहरुकाे उपस्तिथि रहेकाे थियाे ।
कार्यक्रम नेपाल मगर संघ शहीद लखन गाउँपालिका गोरखा , नागरिक समाज शहीद लखन गाउँपालपका -७ गोरखा , प्रथम शहीद लखन थापा तथा जैसिं चुमि प्रजातान्त्रिक क्लब गोरखाकाे आयाेजनामा भएकाे थियाे ।
Facebook Comments Box