कति दान गर्नेलाइ कस्ताे सम्मान ः च्याङलीकाे मंगलेश्वर महादेव मन्दिरमा लगाइएकाे महायज्ञमा दवाडीद्वारा ५० हजारकाे चेक हस्तान्तरण

गाेरखा, फागुन १६

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे पाैराणिक एवं एेतिहासिक मन्दिर मंगलेश्वर महादेव मन्दिरमा अायाेजित सप्ताह ज्ञान महायज्ञकाे उदघाटन गर्न अाउनुभएका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका साँसद माननीय प्रकाशचन्द्र दवाडीले रू.५० हजारकाे चेक हस्तान्तरण गर्नुभएकाे छ । साे अवसरमा उहाँले यस क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गराउन पहल गर्ने समेत बताउनुभयाे ।

महायज्ञमा कति दान गर्नेलाइ कस्ताे सम्मान गरिन्छ ः 

१, रू.५०५ भन्दा कम दान गर्नेहरूले दान गर्नेहरूले दानपेटिकामा चढाउने ।

२, रू.५०५ भन्दा माथि दान गर्ने दाताहरूका लागि नगदी रसिद उपलब्ध गराइनेछ ।

३, रू.१५०० सम्म दान गर्ने दाताहरूका लागि नगदी रसिद सहित रामनामी उपलब्ध गराइनेछ ।

४, रू.२५०० भन्दा माथि दान गर्ने दाताहरूका लागि नगदी रसिद सहित रामनामी उपलब्ध गराइनेछ ।

५, रू.५००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि गाेल्डेन फ्रेममा सम्मान पत्रसहित रामनामी उपलब्ध गराइनेछ ।

५, रू.१०००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि मिडियम  फ्रेममा सम्मान पत्रसहित रामनामी उपलब्ध गराइनेछ ।

६, रू.२५००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि माथिका सबै सम्मानसहित अभिनन्दन गरी शिलालेखमा नाम राखिनेछ ।

७, रू.५०००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि माथिका सबै सम्मानसहित बाजागाजाका साथ नगर परिक्रमा गराइ उत्कृष्ट दानबीर घाेषणा गरिनेछ ।

७, रू.१००००१ भन्दा माथि दान गर्ने दाताहरूका समितिकाे निर्णयअनुसार उच्चतम सम्मान प्रदान गरिनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.