एम्नेष्टि इन्टरनेशनल समूह ८२ काे संयाेजकमा मिना थापा

एमनेष्टी इन्टरनेसनल नेपाल शिक्षक तथा सामाजिक कार्यकर्ता समुह ८२ को अधिवेशन भएको छ । समुह ८२ पोखराको २५ आंै बार्षिक साधारण सभा तथा १३ आंै अधिवेशनबाट मिना थापा संयोजकमा निर्वाचित भएकी छन । समुहमा अनिलकुमार सिंह सहसंयोजक, नरेशप्रसाद बराल सचिव, दुर्गाराज बराल सहसचिव, राजेश बुढामगर कोषाध्यक्ष, धर्मराज पन्थी, सुनादेवी श्रेष्ठ र लक्ष्मी कोइराला सदस्यमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत विश्वेश्वर पराजुलीले जानकारी दिए । निर्वाचन समितिमा कुलदेवी बराल र वसन्तप्रसाद सुवेदी सदस्यमा रहेका थिए ।

महिला स्वास्थ अधिकार, मानवमाथि हुने दुब्र्यव्वहार, खान पान तथा स्वास्थ्य सचेतना, महिला अधिकार लगायत विषयमा अन्तर्राष्ट्रियरुपमआ जोडिएर नेपालमा काम गर्दै आएको छ ।
समुहको सम्पन्न अधिवेशन उदघाटन सत्रमा मानव अधिकारसँग सरोकार राख्ने नीलकण्ठ शर्माले युवा पुस्तामा समुह हस्तान्तरण हुँदा वर्तमान अवस्थामा न्याय दिन सकिने धारणा राखेका थिए ।
रमेशप्रसाद बरालको अध्यक्षतामा भएको सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । सभामा कुमारी मुना बास्तोला, कुलदेवी बराल, टंक भण्डारी, वसन्त सुवेदी, देवमणि भण्डारी, हेरम्बप्रसाद कोइराला, ज्योती थापा, विष्णुमाया श्रेष्ठ लगायतले बोलेकाे कार्यक्रम संचालक अनिलकुमार सिंहले जानकारी दिएका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.