लकडाउनका कारण हातमुख जोडन कठिन हुनेलाई सहयोग गर्दै हेल्पिङ ह्यन्ड्स अफ पालुङटार

जेठ २४, गोरखा ।

गोरखाको पालुङ्टार नगरपालिकाभित्र लकडाउनका कारण हातमुख जोडन कठिन भएका परिवारलाई लक्ष्मण गिरीको नेतृत्वमा रहेको हेल्पिङ ह्यान्स अफ पालुङटार ले सहयोग गरिरहेको छ पालुङ्टार नगरपालिका निवासी लक्ष्मण गिरीको टोलीले बिभिन्न संघसंस्था तथा व्यक्तिहरुसँगको सहकार्यमा नगरपालिकाका सबै वडाहरुमा पुगी खाद्यान्न सहित अत्यावश्यक सामग्रीहरु बितरण गरिरहेका छन् । लकडाउन भएसँगै गरीखाने बर्गका लागि लक्षित गरी स्थानीय सरकार तथा कसैले पनि उनीहरुको समस्याप्रति गम्भीर नभएको देखेपछि आफूले केही संघसंस्थाहरुसँग सहकार्य गरेर सवै वडाहरुमा पुगी सहयोग गरिरहेको अभियन्ता गिरीले बताउनुभयो । उहाँका अनुसार हालसम्म नगरपालिकाका सवै वडाहरुमा पुगेर सामग्री बितरण गरिसकिएको र आगामी दिनहरुमा पनि आफूहरु सधैं जनताको साथमा रहने बताउनुभयो । नगरपालिकाभित्र कोही कसैलाई चुलो बाल्न समस्या भएमा सम्पर्क गर्न र सहयोग गर्न चाहनेहरुले पनि आफूसँग सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । बिगत १० दिनदेखि गिरीको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ । गत बर्षको लकडाउनमा स्थानीय सरकार तथा सँघसंस्थाहरुले सहयोग गरिरहेको भएतापनि यस पटकको लकडाउनमा भने सर्वसाधारणको चुलो बाल्नको लागि सहयोग गर्न खासै कसैको ध्यान पुग्न नसकेको बेला गरिएको यस्तो कार्यको सर्वत्र स्वागत गरिएको छ ।

सोहि अवसरमा संयोजक गिरीले स्वदेश तथा विदेशमा रहनुभएका मनकारी व्यक्तिहरुले आफुहरुको अभियानलाई सहयोग गरिरहनुभएको भन्दै सहयोगी मनहरु प्रति आभार प्रकट गर्नुभएको छ । हेल्पिङ्ग ह्याण्डस् अफ पालुङटारमा लक्ष्मण गिरीको संयोजकत्वमा प्रदिप परियार, राम गिरी, निर्मला मल्ल, विकास सुनार, राजेश बस्नेत, कमल गिरी, शिव खत्री, सुनील बोगटी लगायतका व्यक्तिहरुको सहभागिता रहेको संयोजक गिरीले बताउनुभयाे ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.