Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
आदिकवि भानुभक्त क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पस बीच शैक्षिक सहकार्यको सम्झौता

आदिकवि भानुभक्त क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पस बीच शैक्षिक सहकार्यको सम्झौता

आदिकवि भानुभक्त क्याम्पस ( एविसि) विज्ञानचौर -१, दमौली, तनहुँ र मकवानपुर बहुमुखी क्याम्पस ( एमएमसी) हेटौडा, मकवानपुर बीच संस्थागत शैक्षिक सहकार्यको सम्झौता ( Memorandum of Understanding/MoU) २०८१.४.१७ गते बिहिबार एमएमसीको सभाको कक्षमा सम्पन्न भएको छ।

उक्त सम्झौतामा एबिसीका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले र उपप्राध्यापक चीज कुमार श्रेष्ठ र एमएमसीका तर्फबाट क्याम्पस प्रमुख डाक्टर याम बहादुर सिलवाल र सहायक क्याम्पस प्रमुख उत्तम अर्यालले हस्ताक्षर गर्नुभएको थियो।

उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू रहनेछ। सम्झौता लागू भएपछि दुवै क्याम्पसले शैक्षिक अनुसन्धान, अध्ययन तथा अवलोकन कार्यक्रममा विद्यार्थी, प्राध्यापक र सञ्चालक समितिको तहमा भ्रमण, अनुभव, सिकाई र सांस्कृतिक आदानप्रदान गर्ने, सोध तथा अनुसन्धानको संयुक्त परियोजनाहरू सञ्चालन गर्ने, दुवै पक्षको सिकाइ, अनुभव तथा असल अभ्यास समेटेर दुवै क्याम्पसको शैक्षिक नीतिगत प्रगति सुनिश्चित गर्ने, यथाशक्य शैक्षिक, आर्थिक तथा भौतिक स्रोत साझा गर्ने, दुई पक्षले आयोजना गर्ने शैक्षिक कार्यक्रमहरुमा दुवै पक्षको सहभागिता सुनिश्चित गर्ने लगायतका विषयहरु उक्त सम्झौतामा उल्लेख भएका छन्।

मकवानपुर बहुमुखी क्याम्पसले बागमती प्रदेशको उच्च शैक्षिक संस्थाहरूमध्ये सामुदायिक क्याम्पसहरु मध्ये एक उच्च शैक्षिक धरोहरको रुपमा आफूलाई स्थापित गर्नुका साथै, ठूलो सङ्ख्यामा विद्यार्थी रहेको र कुशल प्राध्यापकहरूबाट सञ्चालन हुँदै आएको, समुदायद्वारा सञ्चालित, क्यूएए प्रमाणपत्र प्राप्त मानित विश्वविद्यालयतर्फ उन्मुख ६ हजार ५ सय विद्यार्थी संख्या रहेको सफल सामुदायिक क्याम्पसको परिचय बनाइसकेको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.