- शंकरराज नहर्की। तनहुँ १८ साउन २०८१ शुक्रवार ।
- तनहुँको भानु नगरपालिका अन्तरगत पर्ने चुँदि खोलामा सबै भन्दा लामो र अग्लो झोलुङ्गे पुल बन्ने भएको छ। भानु नगरपालिका वडा नं ५ ढाडखोला र भानु १ साखेंटार जोड्ने उक्त झोलुङ्गे पुल बन्ने भएको हो ।
पुलको नगर प्रमुख अनिन्दराज त्रिपाठी सहितको एक टोलिले बिहिवार निरिक्षण गर्दै समयमानै काम सम्पन्न गर्ने निर्देशन दिए । नगर प्रमुख त्रिपानीले पुल निर्माण पछि वडा नं ५ र १ लगायत आसपासका जनतालाई आवत जावतमा सहजता ल्याउने विश्वास लिए ।
सङ्घीय सरकारको ८५ प्रतिशत ,स्थानीय सरकारको १३ प्रतिशत र २ प्रतिशत स्थानिय जनश्रमदानबाट निर्माण सम्पन्न हुने गरी शसर्त अनुदानको बजेटबाट निर्माणाधीन उक्त पुल १ सय २० मिटर लम्बाइको रहने र झोलुङ्गे पुलको २ महिनाको अन्तरालमा स्टक्चरको सबै काम सम्पन्न भइसकेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
उक्त झोलुङगे पुलको बाँकी पूर्वाधरका फिटिङ सामग्रीको कार्य गरि छिट्टै पुलको सम्पुर्ण काम सम्पन्न हुने यो पुल चुँदि खोलामा निमार्ण भएको सबै भन्दा लामो र अग्लो झोलुङ्गे पुल हुनेछ ।