सातौं गोरखकाली( GYC)कप-२०८१: गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै


२४ फागुन २०८१ सनिवार
तनहुँ । तनहूँको बन्दिपुर गाउँपालिका वडा न: ४ भुमर्सेमा सातौं गोरखकाली( GYC)कप-२०८१ अन्तर्गत गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । श्री गोरखकाली युवा क्लबको आयोजनामा यही फागुन २७ देखि २९गतेसम्म तीन दिन सञ्चालन हुने लागेको हो ।
प्रतियोगिता बन्दिपुर गाउँपालिका वडा न: ४ भुमर्से खेल मैदानमा हुने क्लबका अध्यक्ष जग लाल थापा मगरले बताए । टिम दर्ता शुल्क रु.३ हजार रहेको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने समूहलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। नगदमा प्रथम पुरस्कार रु. ३०हजार , दोस्रो पुरस्कार रु. २० हजार र तेस्रो पुरस्कार रु. १० हजार रहेको छ । यस्तै उत्कृष्ट खेलाडी अन्तर्गत उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई पुरस्कार व्यवस्था गरिएको छ खेलाडीहरुले आफ्नो सक्कली परिचय पत्र देखाएर मात्र प्रतियोगितामा सहभागी हुन पाउने छन् । यस्तै खेल राष्टिय रेफ्रिद्वारा टि.टि. सिस्टममा खेलाईने छ भने प्रतियोगीतामा आयोजकको निर्णय र रेफ्रीको अन्तिम निर्णय हुने क्लबका अध्यक्ष जग लाल थापा मगरले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.