महोत्सवमा जारी पालिका स्तरीय खुल्ला पुरुष भलिबलमा ऋषिङ्ग विजयी


दुलेगौंडा, १३ फागुन ।
चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा मंगलवार भएको गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा ऋषिङ्ग गाउँपालिका विजयी भएको छ । ऋषिङ्गले म्याग्दे गाउँपालिकालाई २–१ सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकोे खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए । उनका अनुसार अब बाँकी खेल फागुन १८ गतेदेखि शुरु हुने छ । सहभागि समुह कास्कीको माछापुच्छ«े गाउँपाालिकामा जारी भलिबल प्रतियोगितामा पनि खेल्ने भएकाले केहि दिन यहाँ खेल नहुने उनले बताए । प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख रुपैया, द्धितीयले १ लाख रुपैया, तृतीयले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने संयोजक घिमिरले बताए । प्रतियोगितामा १३ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सटर, डिफेन्टर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म वडा नं. ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भइरहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.