काठमाडौं महानगरका मेयर बालेन र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

१५ मंसिर, काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरकेा हुन् ।

भेटमा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको बताए ।

भेटका क्रममा आपसी सिकाई तथा हित प्रवर्द्धन, सम्पदा संरक्षण तथा प्रवर्धन, शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा राजदूत थम्पसन र साहले छलफल गरेका थिए ।

अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर शहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.