गाेरखामा अब दैनिक रूपमा इ पासपाेर्टकाे फर्म भर्न पाइने

जिल्ला प्रशासन कार्यालय गोरखाले  बुधबार एक सूचना जरी गर्दै विहिबार विहान १० बजेदेखि राहदानीको अनलाइन आवेदन फाराम भर्न पाइने व्यवस्था गरेको जनाएको छ ।

कार्यालयमा यसअघि हप्ताको बुधबार मात्र इ–पासपोर्डको अनलाइन फाराम भर्न पाउने व्यवस्था गरेको थियो । तर नागरिकलाई सास्ती भएको, बाहिर विभिन्न साइबरहरुमा भर पर्नु परेको र कति नागरिकहरुहरुमा बढी शुल्क लिएको गुनासो आएकाले प्रत्येकदिन खोल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रत्येक दिन ५० जनाको दरले आवेदन फाराम भर्न पाइने छ । एक दिनमा ५० जना भन्दा बढीले भर्न नपाइने उहाँले बताउनुभयाे ।

विद्युतीय राहदानीको अनलाइन आवेदन भरेको भोलिपल्ट नै राहदानीका लागि कार्यालयमा आएर फोटो खिच्न लगायतका कामहरु गर्न पाइने उहाँले बताउनुभयाे । विद्युतीय राहदानी बनाउनका लागि अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य रहेको बताउँदै प्रशासन कार्यालय गोरखा राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई थप व्यवस्थित गरेको बताउनुभयाे ।

पहिलो दुईवटा स्टेशन रहेकोमा अहिले एउटा थपेर तीन वटा स्टेशन बनाएका उहाँले जानकारी दिनुभयाे । केही महिना अघिदेखि नै गाउँगाउँमा संचालनमा भएको शिविरबाट पनि धेरै जनाले राष्ट्रिय परिचयपत्र बनाइसकेको छ ।

जिल्लामा आएका सेवाग्राहीहरुलाई पनि सहजमा रुपमा सेवा प्रदान गर्नका लागि राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानी व्यवस्थालाई थप व्यवस्थित बनाएको सहायक प्रजिअ बरालले जानकारी दिनुभयाे।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.