नेपाल शिक्षक संघ, सहिद लखन गाउँपालिकाकाे अध्यक्षमा ढकाल चयन

नेपाल शिक्षक संघ, सहिद लखन गाउँपालिका स्थानीय कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार मनकामना मावि मनकामनामा सम्पन्न अधिवेशनले सीताराम ढकालको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

अधिवेशनले उपाध्यक्ष(खुल्ला)मा केशवप्रसा ढकाल, उपाध्यक्ष(महिला)मा निर्मला श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सचिवमा वसन्त पौडेल र अर्थसचिवमा देशबहादुर श्रेष्ठलाई चयन गरेको छ ।

यसअघिको कार्यसमितिका सभापति कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल शिक्षक संघ, जिल्ला कार्यसमितिका कार्यबाहक सभापति शिव थापा, स्थानीय समाजसेवीहरु खुनप्रसाद रेग्मी, काशिनाथ अम्गाई, प्रेमकुमार श्रेष्ठ, वडा नं. ३ का वडाअध्यक्ष दीपक पाण्डे, वडा नं. ६ का वडाअध्यक्ष दिलिपनारायण श्रेष्ठ, वडा नं. ७ का वडाअध्यक्ष शरण श्रेष्ठ, वडा नं. ८ का वडाअध्यक्ष बासुदेव ढकाल र मनकामना माविका प्रअ अरविन्दकुमार मिश्रले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.