बेनीटारबाट लागुऔषध सहित १ जना पक्राउ ।।

आँबुखैरेनी, १ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थाई प्रहरी पोष्ट मुग्लिङ्ग पुलजिपको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा लमजुङ, बेशिसहर न.पा. वडा न. २ भुकुण्डे घर भएका वर्ष २५ को सन्देश धिताल लागुऔषध सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । विरगंन्जबाट लमजुङ तर्फ आउदै गरेको ना. ६ ख. ९०९७ को यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार धितालले आफ्नै कम्मरको भागमा लुकाई छिपाई ल्याएको नुफिन– ४४ एम्पुल, डाईजेपाम– ४४, एम्पुल र फेनरागन– ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल लागुऔषध बरामद गरेको छ । धिताललाई लागुऔषध मुद्धामा ६ दिन म्याद थप गरी अनुसन्धान कार्य गरिहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.