Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
गाेरखाबाट हनुमान ढाेका फुलपाती पठाइयाे

गाेरखाबाट हनुमान ढाेका फुलपाती पठाइयाे

गोरखकाली मन्दिरस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोकास्थित दशैं घरमा फूलपाति लगिएको छ । गोरखामा विधिपूर्वक शनिवार राति संंकलन गरिएको फूलपाति आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोरखा नगरपालिका वडा नम्वर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौं पठाइएको गोरखा दरवार हेरचाह अड्काका प्रमुख हरिप्रसाद भुषालले जानकारी दिए ।

दरवार परिसरका चण्डिस्थानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्वरको सरकारी गाडीमा फूलपाती लिएर काठमाण्डौं गएका हुन । फूलपाती पठाउने क्रममा बाजागाजा सहित हर्षोल्लास मनाइएको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौं राज्य जितेपछि गोरखाबाट फूलपाति हनुमानढोका दशैंघरमा लैजाने परम्परा बसेको हो । उनले विसं १८२५ सालमा काठमाण्डौंमा विजय प्राप्त गरेका थिए ।

गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाति लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै उक्त परम्परा अवरुद्ध भएको थियो । जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको भुषालले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.