नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणको लागि शहिदलखन गाउँपालिकाकाे २ लाख सहयोग

गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणको लागि शहिदलखन गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष रमेशाबाबु थापा मगरले महासंघका जिल्ला अध्यक्ष नरहरि सापकोटालाई सहयोगको चेक हस्तान्तरण गरेका हुन ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष मगरले सामाजिक काममा योगदान गर्नु स्थानीय सरकारको दायित्व पनि भएकाले सहयोग उपलब्ध गराएको जानकारी दिए ।

सोही कार्यक्रममा मानव सेवा आश्रमलाई दशैँ खर्च बापत १ लाख र गोरखक्षनाथ वैद्धिक गुरुकुललाई ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।

पत्रकार महासंघ गोरखाले गोरखा नगरपालिका ८ आलेगाउँमा भबन निर्माण गरिरहेको छ । आर्थिक अभावका कारण भबन निर्माणको काम गत वर्षदेखि रोकिएको थियो । भबन निर्माण पुरा गर्न चालु वर्ष सबै स्थानीय तह सँग सहयोग मागिएको अध्यक्ष नरहरि सापकोटाले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ, गोरखा नगरपालिका ८ का अध्यक्ष ऋषि खत्री, लेखा अधिकृत सन्तोष लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.