कराेडाैंकाे पाेल्ट्री फर्मले सारा बस्ती प्रदुषित गरायाे, स्थानीयहरू चिन्तित

साउन ७, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित मजुवा बगरमा रहेकाे कराेडाैंकाे लगानीमा निर्मित पालुङ पाेल्ट्री फर्मले सारा बस्ती प्रदुषित गराएकाे भन्दै स्थानीयहरू चिन्तित बनेका छन् ।

अत्याधुनिक प्रबिधीबाट सञ्चालन गरिएकाे भनिएकाे साे फर्मबाट निस्कने कुखुराका सुली राम्राेसँग व्यवस्थापन नगरी सिधै नदीमा बगाइदिँदा जल प्रदुषणमात्र नभइ स्थानीय बस्तीमा समेत यसकाे नराम्राे प्रभाव परेकाे छ । नदी किनारमा अवस्थित साे फर्मकाे सूली व्यवस्थापन नगर्दा वरपरका करीब २०० घरधुरी रहेकाे बस्तीभर झिँगा भन्केर र दुर्गन्ध फैलिएर बसिनसक्नु भइरहेकाे छ ।

बिगत ४,५ बर्षअघिदेखि सञ्चालनमा अाइरहेकाे साे फर्मकाे सूली शुरू शुरूमा दैनिक रूपमा गाडीमा राखेेर अन्यत्र लैजाने गरिएकाेले केही कम दुर्गन्ध हुने गरेकेा थियाे भने बिगत २,३ महिनादेखि शुली लैजाने गाडी नअाउँदा व्यवस्थापनमा कठिनाइ भइरहेकाे फर्मका म्यानेजर राजु थापाले समेत स्वीकारेका छन् ।

मजुवा टाेलबिकास संस्थाकाे अाज बसेकाे बैठकमा वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमाल समेत उपस्थित भइ तुरून्तै समस्या समाधान गर्न निर्देशन दिनुभएकाे छ । तत्काल समस्या समाधान नभएमा जनताकाे स्वास्थ्यकाे रक्षाकाे लागि अाफूले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयाे । टाेलबिकास संस्थाका करीब १०० भन्दा बढीकाे उपस्थितिमा भएकाे भेेलाले वडा कार्यालय लगायत सम्बन्धित स्थानहरूमा बुझाउने निर्णय समेत गरेकेा छ ।

मरेका कुखुरा समेत जथाभावी रूपमा फालिएकाे र कुकुरले जथाभावी रूपमा खाने, जसका कारण कुकुरहरू समेत बिरामी परेर मर्न थालेकाे स्थानीय बन्दना कुमालले बताउनुभयाे ।

मानव स्वास्थ्य र प्रकृतिकाे समेत ख्याल नगरी अाफ्नाे व्यवसाय मात्र अघि बढाइरहेकाे  र त्यति मात्र नभइ स्थानीयकाे गाैचरनकाे रूपमा रहेकाे सार्वजनिक जग्गा समेत हडपेकाे स्थानीय इन्द्र काेइरालाले बताउनुभयाे ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.