१९ वैशाख, गोरखा ।
गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।
सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘गाडी रोकेर चालक बाहिर निस्केको र त्यही बेला एक्कासी गाडी पछाडी गुडेर तल खसेकाे डिएसपी लिलाराज लामिछानेले बताउनुभएकाे छ ।