इजाजत सहित सर्वसाधारणले लिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयकाे निर्देशन

गाेरखा । जिल्ला प्रशासन कर्यालय गोरखाले इजाजत सहित सर्वसाधारणले लिएका हतियार बुझाउन निर्देशन गरेको छ । आझ  सुचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन भन्दै जिल्ला भित्र रहेको इजाजत प्राप्त हतियार बुझाउन निर्देशन गरिएको हो ।

हतियार लिएकाहरुले नजिकको प्रहरी इकाईमा बुझाउन सक्ने प्रशासकिय अधिकृत चुणानिधी तिवारीले बताए । उक्त हतियार निर्वाचनपछि पुन फिर्ता हुने प्रशासनले जनाएको छ । चुनावमा हतियारको दुरुपयोग नहोस् भन्ने उद्देश्यले प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन भनेको हो ।

जिल्ला प्रशासनले सूचना जारी गरेपनि हतियार बुझाउनेकाे सँख्या भने न्युन रहँदै आएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.