१०३ जनालाइ मगर ड्रेस बितरण

चैत्र ११, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा १०३ जनालाइ महिला मगर ड्रेस बितरण गरिएकाे छ । अाज च्याङलीमा अायाेजित एक कार्यक्रममा उक्त ड्रेस बितरण गरीएकाे हाे ।

नेपाल मगर संघ वडा नं. ७ का अध्यक्ष भाेज बहादुर मास्की मगरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा भित्र रहेका सबै  १०३ घरपरिवारका मगर महिलाहरूका लागि मगर पछ्याैरा बितरण गरिएकाे थियाे । मगर जातिकाे जातीय भेषभूषा संरक्षण एवं प्रवर्दन गर्ने उदेश्यका साथ कार्यक्रम गरिएकाे अायाेजकले बताए ।

वडा नं. ७ कार्यालयबाट बिनियाेजित रकमबाट साे कार्यक्रमकाे अायेाजना गरिएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले मन्तव्य राख्नुभएकाे थियाे भने पालुङटार नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा बि.क, वडा सदस्य देवीलाल कुमाल, भगवती कुमाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय हित बहादुर थापाले कार्यक्रमकाे सहजीकरण गर्नुभएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.