फागुन २३ गते देखि हराएका ७० बर्षिय बृद्धको शव आज फेला

दीपक श्रेष्ठ

गोरखा, २ चैत : गएको १० दिनदेखि हराएका एक बृद्धको शव आज फेला परेको छ । गोरखा नगरपालिका वडा नम्बर १ अजमरेका ७० बर्षिय नारायणदत्त न्यौपाने शव सढेको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवंम प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिनुभयो ।

गएको फागुन २३ गते बिहानदेखि घरपरिवारबाट सम्र्पक बिहिन हुनुभएका न्यौपानेको बिहान करिब ८ बजे शव भेटिएको प्रहरीको भनाई छ । न्यौपानेको शव सढेगलेको अबस्थामा फेला परेको र घटनास्थलको मुचुल्का तयार पारी गोरखा अस्पतालमा शवको पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाईको उहाँले बताउनुभयो ।

मृतक न्यौपाने मानसिक रोगी भएको र नियमित रुपमा मानसिक रोगको औषधी समेत सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको उहाँको भनाई छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.