च्याङली बचत तथा ऋण सहकारी संस्थाकाे दशाैं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन ः श्रेष्ठ

गाेरखा, फागुन १४

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे च्याङली बचत तथा ऋण सहकारी संस्थाकाे दशाैं बार्षिक साधारण सभा तथा तेश्राे अधिबेशन सम्पन्न भएकाे छ । भेलाले पुनः बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा रण बहादुर गुरूङ, सचिवमा गणेशलाल श्रेष्ठ, सहसचिवमा चिजा पाण्डे, काेषाध्यक्षमा इश्वरकुमार श्रेष्ठ रहेका छन । त्यस्तै समितिकाे सदस्यहरूमा रविन्द्र कंडेल, अानन्द सिलवाल, काेपिला कुमाल, रण बहादुर कुमाल, छवी श्रेष्ठ, अाेममाया राना र रविना कुमाल रहेका छन् ।

भेलाले लेखा उप समितिकाे संयाेजकमा शुक्र बहादुर बि.क, ऋण लगानी उपसमितिमा इश्वर कुमार श्रेष्ठ र शिक्षा उपसमितिकाे संयाेजकमा रविन्द्र कंडेललाइ चयन गरेकाे छ ।

साे अवसरमा सहकारी संस्थामा रहेका शेयरधनीहरूका छाेराहरूमध्येबाट सर्वाेत्कृष्ट ग्रेड ल्याएका भगवान कुमाल र सम्झना घलेका छाेरा सुशान्त कुमाल, शेयरधनीहरूका छाेराहरूमध्येबाट सर्वाेत्कृष्ट ग्रेड ल्याएका  रविना कुमालकी छाेरी ममता कुमाल र शेयरधनीहरूमध्येबाट जेष्ठ नागरिक भाेज बहादुर गुरूङलाइ दाेसल्ला तथा प्रमाण पत्रद्वारा सम्मान गरिएकाे थियाे । उत्कृष्ट ग्रेड ल्याएका छात्र छात्राहरूलाइ नगद रू एक एक हजारका दरले नगद समेत प्रदान गरिएकाे थियाे ।

संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका सदस्य काेपिला कुमालले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कंडेलले प्रमुख अतिथिकाे रूपमा बाेल्दै सहकारीकाे मूल्य मान्यताअनुरूप संस्था अघि बढाउनुपर्ने बताउनुभयाे । साेही अवसरमा उहाँले उक्त सहकारी नगरपालिकाभित्रकै उत्कृष्ट मध्येकाे एक भएकाे बताउनुभयाे ।

कार्यक्रममा अध्यक्ष बसन्त कुमार श्रेष्ठले अागामी कार्यदिशासहितकाे प्रतिवेदन पेश गर्नुभएकाे थियाे । त्यस्तै गरी सचिव गणेशलाल श्रेष्ठले संस्थाकाे गतिबिधीसहितकाे प्रतिबेदन र काेषाध्यक्ष इश्वर कुमार श्रेष्ठले अार्थिक प्रतिबेदन पेश गर्नुभएकाे थियाे ।

भेलाले

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.