शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनी पुरस्कृत

शिक्षा पत्रकार समूहले २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बिहीबार ‘शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनीलाई पुरस्कृत गरेको छ ।गोरखा स्थायी घर भएका उनलाई पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको सुधारमा योगदान गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । उनलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको हो । समूहले दुईरदुई वर्षमा तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार वितरण गर्ने गर्छ ।त्यस्तै, समूहले दुईजना प्रधानाध्यापकलाई पनि सम्मान गरेको छ । सामुदायिक विद्यालय सुधारमा उल्लेख योगदान गरेका सुर्खेतस्थित जनज्योति माविका प्रअ नारायणप्रसाद सिग्देल र जनकल्याण मावि काठमाडौंका प्रअ कमलाकुमारी राईलाई सम्मानित गरिएको समूहका अध्यक्ष तुला अधिकारीले बताए ।पुरस्कार र सम्मानका लागि छनोट र सिफारिस गर्न समूहका पूर्व अध्यक्ष रोश्ना सुब्बा, शिक्षाविद् विद्यानाथ कोइराला र पत्रकार नारायण अमृत रहेको सिफारिस समिति गठन गरिएको थियो । समूहका तत्कालिन कार्यसमिति सदस्य भुषालको नवलपरासीको सवारी दुर्घटनामा निधन भएको थियो । उनकै स्मृतिमा पुरस्कार स्थापना गरिएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.